काठमाण्डौ महानगरपालिकाको संक्षिप्त परिचय

काठमाडौं नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै एकमात्र महानगर पनि हो । यस महानगरको उपनगरको रुपमा रहेका दुइ ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर र पूर्वतर्फ भक्तपुर रहेका छन् ।

शिवपुरी, फुलचोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको य महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०.६७ वर्ग किलो मटरमा फैलिएर २७'२२" उत्तरी अक्षांश र ८५'२०" पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।