FAQs Complain Problems

स्वयम्भूनाथबाट देखिएको राजधानीको दृश्य

Read More

बौद्ध स्तुपा

Read More

वसन्तपुर

Read More

काठमाण्डौ महानगरपालिकाको संक्षिप्त परिचय

काठमाडौं नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो । यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् ।

शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०.६७ वर्ग किलो मिटरमा फैलिएर २७'२२" उत्तरी अक्षांश र ८५'२०" पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।

कौसी खेती तथा कामपाको फोहरमैला व्यवस्थापन सम्बन्धी तालिमको जानकारी !!!

कौसी खेती तथा कामपाको फोहरमैला व्यवस्थापन सम्बन्धी तालिम निम्न मिति र स्थानमा आयोजना भै रहेको जानकारी छ ।  तालिम लिन  ईच्छुक व्यक्तिले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोला । 

कृषि विभाग, कामपा ।

तालिम हुने स्थान र मिति -

२१ औ भूकम्प सुरक्षा दिवस कार्यक्रममा सहभागी सम्बन्धमा !!! वडा कार्यालय सबै

२१ औ भूकम्प सुरक्षा दिवस कार्यक्रममा सहभागी सम्बन्धमा !!!

कार्यवाहक प्रमुख ताेकिएको सम्बन्धमा

का.म.पा. १ नं. वडा अध्यक्ष श्री भरतलाल श्रेष्ठलार्इ २०७५।०७।२६ सोमबार कार्यवहाक प्रमुखको रूपमा कामकाज गर्न तोकिएको पत्र यहाँ संलग्न गरिएको छ ।

शिक्षा दिवस कार्यक्रममा सहभागी हुने सम्बन्धी सूचना ।

विद्यालय विदा गर्ने सम्बन्धमा ।

पानीजन्य तथा हैजा रोगको पूर्व तयारी सम्बन्धमा अभिमुखिकरण र मूल प्रवाहीकरण कार्यक्रममा उपस्थिति तथा सहभागी सम्बन्धमा

Pages

सूचना र परिपत्र

जनप्रतिनिधि

नगर प्रमुख
9851279900
प्रवक्ता
9851279915

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
(रा.प. विशिष्ट श्रेणी)
4232892
सूचना अधिकारी
9851087938

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- चार आना सम्म - १५०० , चार आना माथि प्रति थप आना - ५००
आवश्यक कागजातहरुः-

१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरीकताको प्रतिलिपि
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी 

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- प्रति आना ५००
आवश्यक कागजातहरुः-

१) निवेदन ( बाटोको नाम, टोल समेत खुलाउने ) नागरीकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणीत सक्कल नक्सा
४ ) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) लिने दिने दुवै व्यक्ति नागरीकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
६) स्थलगत निरिक्षण प्रतिवेदन 

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशूल्क
आवश्यक कागजातहरुः-

१) पिताको नागरीकता प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको शिफारिस 

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२)निवेदकको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षि बस्नेको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद