काठमाण्डौ महानगरपालिकाको संक्षिप्त परिचय

काठमाडौं नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै एकमात्र महानगर पनि हो । यस महानगरको उपनगरको रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर र पूर्वतर्फ भक्तपुर रहेका छन् ।

शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०.६७ वर्ग किलो मिटरमा फैलिएर २७'२२" उत्तरी अक्षांश र ८५'२०" पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।

परिक्षा पाठ्यक्रम र दरखास्त अाह्वान (मिति -२०७२/१२/२१)